यात्रा कोड यात्राको नामसमय पुगिने ठाउहरु
क ००१ कैलास स्थलमार्ग यात्रा ११ दिनकेरुङ, सागा, मानससरोवर,कैलास पर्बत

यात्रा सम्बन्धि जानकारिः

यो« यात्रा काठमाण्डौबाट बस मार्ग बाट सुरु भई काठमाण्डौ मै समाप्त हुन्छ । यो यात्राका क्रममा केरुङ,सागा, मानसरोवर दार्चेन सम्मको बस यात्रा र स्वास्थ अबस्था हेरि ३ दिनको पैदल परिक्रमा समावेश गरिएको छ । पैदल परिक्रमा गर्न असक्षम भएको अवस्थामा दार्चेनमा २ रात आराम गराइने छ । यो यात्रा सरल र सस्तो भएकाले आगामी २०२४ को मे देखि सेप्टेम्बर सम्म देबादिदेब महादेबको पबित्र निवासस्थान को दर्शन गर्न इच्छुक तिर्थालु हरुले आफनो सिट सुनिश्चित गर्न अनुरोध गरिन्छ ।

यात्रा सञ्चालन हुने दिनहरु

क्र समहिनाकाठमाण्डौबाट यात्रा सुरु हुने दिनयात्राबाट काठमाण्डौ आईपुग्ने दिनपुणर््िामा
बारगतेबारगते
१.बैशाखआइतबारबैसाख ९बुधबारबैसाख १९बैसाख १२
२.जेष्ठसोमबारजेठ ७बिहिबारजेठ १७जेठ १०
३.आषाढबुधबारअसार ५सनिबारअसार १५असार ८
४.श्रावणबिहिबारश्रावण ३आइबारश्रावण १३श्रावण ६
५.भाद्रसनिबारभाद्र १मङ्गलबारभाद्र ११भाद्र ४

यात्रा कार्यक्रम सम्बन्धि बिबरणः

क्र.शकार्यक्रमकि.मिकरिब लाग्ने समय
१.काठमाण्डौ बाट स्याब्रबेशी । स्याब्रबेशीमा तिनतारे होटलमा बिश्राम१४० कि.मि८ घन्टा
२.स्याब्रबेशी बाट केरुङ । केरुङमा बिश्राम।५५ कि.मि२ घन्टा
३.केरुङबाट सागा । सागामा तिनतारे होटलमा बिश्राम।१०५ कि.मि३ देखि ४ घन्टा
४.सागाबाट मानसरोवर४१० कि.मि८ घन्टा
५.मानसरोवरबाट दार्चेन । दार्चेनमा बिश्राम।३० कि.मि१ घन्टा
६.दार्चेनबाट यमद्धार सम्म सवारी साधनबाट र यमद्धार देखि दिरापुक सम्म पैदल ।पुनस्च घोडाबाट यात्रा गर्ने सकिने ।१० कि.मि ३० मिनेट सवारि साधन बाट र ५ देखि ६ घण्टा पैदल यात्रा
७. दिरापुकदेखि जुथुलपुक सम्म पैदल यात्रा ।
१० कि.मि३० मिनेट सवारि साधन बाट र ५ देखि ६ घण्टा पैदल यात्रा
७.दिरापुकदेखि जुथुलपुक सम्म पैदल यात्रा ।२२ कि.मि७ देखि ८ घन्टा पैदल यात्रा
८.जुथुलपुकबाट दार्चेन सम्म पैदल यात्रा ।१४ कि.मि३ देखि ४ घन्टा
९.दार्चेन बाट सागा ।४४० कि मि८ घण्टा
१०.सागाबाट केरुङ । केरुङमा बिश्राम ।१०५ कि.मि३ देखि ४ घन्टा
११.केरुङबाट काठमाण्डौ । काठमाण्डौमा तिनतारे होटलमा बिश्राम।१८० कि मि७ देखि ८ घण्टा

यात्रामा समावेश सेवाहरु
१. काठमाण्डौबाट स्याबुबेशी सम्म र स्याबु्रबेशी देखि काठमाण्डौ सम्मको बस यात्रा ।
२. स्याबु्रबेशीमा खाना र गेष्टहाउसको ब्यवस्था ।
३. केरुङ, सागा, र दार्चेनमा २ देखि ३ तारे होटेलमा बस्ने ब्यबस्था ।
४. मानसरोवर देरापुक र जुथुलपुकमा गेष्टहाउसमा निवासको ब्यबस्था ।
५. बोर्डर देखि दार्चेन र दार्चेन देखि बोर्डर सम्म राम्रो चाइनिज बसको ब्यबस्था ।
६. काठमाण्डौ देखि काठमाण्डौ सम्म नै चिया कफि ३ पटक खानाको ब्यबस्था ।
७. मानसरोवर परिक्रमा शुल्र्क ।
८. चाइनिज पथ प्रदशक सहित आवश्यकता अनुसार यात्रा सेवकहरु ।
९. आवश्यकता बमोजिम सुरक्षा सम्बन्धी ब्यबस्था ।
१०. भिसा र परमिट चार्ज ।

यात्रामा समावेश नभएका बुदाहरु ः
१. आबश्यक लताकपडा ।
२. विविध पेय पदार्थहरु ।
३. परिक्रमाको लागि घोडा ।
४. बिरामी परि फर्किनु पर्ने अबस्थामा लाग्ने सबै खर्चहरु जस्तै गाइड सवारी साधन भिसा खर्च आदी ।

श्री कैलाशमानसरोवर यात्रा परिचय,
श्री कैलाश पर्बत र मानसरोवर सबै हिन्दु, बौद्ध,जैन,वोन र सिख धर्मालम्बीहरुको लागि जीबनमा एक पटक पुग्नै पर्ने महत्वपुर्ण र पबित्र तिर्थस्थल हो । बिभिन्न ग्रन्थहरुमा उल्लेख भए बमोजिम श्री कैलास पर्बत साक्षात भगवान शिब र देबि पार्बतीको निवास स्थान मानिन्छ । पृथ्बी लगायत सबै जीबको उत्पती पबित्र कैलाशपर्वतबाट हुने र समाप्ती पनि त्यसै स्थानबाट हुने उल्लेख छ । पबित्र गँगा नदिको उत्पति त्यसै स्थानबाट भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्यसै गरि मानसरोवरको उत्पति श्री ब्रह्माजीबाट सुरु भएको र सबै देबि देबताले स्नान गर्ने पबित्र सरोवरको रुपमा रहेको ब्योहोरा पुराणहरुमा समेत उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरुमा बयान गरे बमोजिम मानसरोवरमा स्नान गरेर कैलाश पर्बतको दर्शन गर्दा मात्र पनि सबै पापहरु नष्ट हुने,मृत्यु पस्चात बैकुण्ठ बास हुने र जीबनमा शुख शान्ती,समृद्धि र प्रगती प्राप्त हुने बर्णन छ ।

फिस्टेल टुर्स एण्ड ट्राभल्स प्रा.लि बि.स २०४७ मा बिधिवत रुपमा पर्यटन मन्त्रालय,अन्तर्गत पर्यटन बिभागबाट इजाजत प्राप्त गरि बर्सेनि हजारौ बिदेशी पर्यटक भित्रयाउदै आएको ब्याहोरा जानकारी गराइन्छ । यस कम्पनीमा हाल स्थायी ६० जना र अस्थायी ४५ जना कर्मचारी कार्यरत रहेका छन । यस कम्पनीले सन २००४ देखि बिभिन्न स्वदेश तथा बिदेशी तिर्थालुहरु लाई कैलाश मानसरोवर यात्रा गराउदै आएको सहर्ष जानकारी गराउदछौ ।

कैलास यात्राको लागि तयारी सम्बन्धी सुझाब ः
क) कैलाश मानसरोवर क्षेत्रमा अक्सिजन को मात्रा काठमाण्डौँमा भन्दा धेरै नै कम हुने हुनाले फोक्सोले अक्सिजन लिन सक्ने गरि क्षमता बढाउनको लागि आवस्यक योग साधनाहरु गर्ने ।
ख) प्राणायम जस्ता विविध योग साधना सहित दैनिक १ घण्टाको उकालो ओरालो पैदल यात्रा गर्ने ।

आवश्यक कपडा सम्बन्धि जानकारी
क) ल्हासा देखि कैलाश मानसरोवर क्षेत्रमा धेरै नै जाडो हुने भएकाले ज्याकेट, स्विटर लगाएत का कपडाहरु ।
ख) दैनिक एक जोर का दरले या आबश्यकता बमोजिम भित्र लगाउने कपडा ।
ग) ३ दिनको १ जोर बराबर बाहिर लाउने टि सर्ट सर्ट , पाइन्ट , टाउजर आदि ।
घ) दिउसोको लागि हल्का स्वेटर वा ज्याकेट ।
ङ) आवश्यक बमोजिम उनिका कपडाहरु ।
च) पानि नछिर्ने जुता ।
छ) चप्पल —१ जोर ।
ज) हाते पन्जा ।
ञ) हात पुछ्र्रने सानो तौलिया र स्नानको लागि तौलिया ।
झ) न्यानो गलबन्दी ।
ट) अन्य सामानहरु आ—आफनो आवश्यकता बमोजिम ।

आवश्यक अन्य सामाग्री सम्बन्धी जानकारी ः
क) दैनिक रुपमा सेवन गरिने औषधीहरु ।
ख) घामबाट बच्नको लागि आवश्यक ५० पि.एच भन्दा माथिको क्रिम ।
ग) चिसोको लागि लोसनहरु ।
घ) टर्च लाइट ब्याट्री सहित
ङ) माक्स ।
च) टिस्सु पेपरहरु (चिसो र साधारण) ।
छ) मल्टिभिटामिन टयाबलेट ।
ज) आवश्यक चकलेट सुकाएका फलफुलहरु ।
ञ) भिक्स ।

फिस्टेल टुर एण्ड ट्राभल्सले उपलब्ध गराउने सामाग्रीहरुः
क. डाउन ज्याकेट ( फिर्ता गर्ने गरि) ।
ख. डफल ब्याग(कपडा र अन्य सामाग्रीको लागि) ।
ग. पन्चो या विन्ड चिटर ।
घ. पछाडी भिर्ने सानो झोला (दैनिकमा प्रयोग हुने सामानको लागि) ।
ङ. लेक नलाग्ने औषधी ) डायमोक्स टयाबलेट )
च. परिक्रमाको लागि लौरी ।

यात्राको लागि आवश्यक कागजपत्रहरु
क. ६ महिना अवधि भएको राहदानी ।
ख पासपोर्ट साइजको २ प्रति फोटो ।
ग. यात्रा बुक गर्ने फर्म
घ. उल्लेख गरिए बमोजिम आवश्यक अग्रिम रकम बुझाएको भुक्तानी रसिद ।

भ्रमण सम्बधि नियमहरुः
१. भ्रमणको लागि कम्तीमा ६ महिना अवधि बाकी रहेको राहदानी पेस गर्नु पर्ने छ ।
२. कुनै पनि भ्रमण बुक गर्नु अगावै भ्रमण सम्बधि नियमहरु पढेर बुझेर मात्र भ्रमण बुक गर्नु पर्ने छ ।

कुनै पनि कारणले भ्रमण रद्द भएमा निम्न बमोजिमको भ्रमण रद्द शुल्क लाग्ने छ ।
(क) ३० दिन अगावै रद्द गरेमा १५५ रद्द शुल्क लाग्ने छ ।
(ख) १५ दिन अगावै रद्द गरेमा २५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ग) ७ दिन अगावै रद्द गरेमा ५०५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(घ) ३ दिन अगावै रद्द गरेमा ७५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ङ) ३ दिन भित्र रद्द गरेमा १००५ रद्द शुल्क लाग्ने छ ।

पुनस्थापन ःहवाई टिकट सम्बधमा सम्बधित वायुसेवाको नियम बमोजिम ।
(क). सिङगल रुम सम्बधित नियम हुनेछ ।
(ख) कुनै पनि यात्रीले सिङगल कोठा लिन चाहेमा वा बाध्तावस कोठाको अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।
(ग) बिरामी भएर अलग बस्नु पर्ने भएमा वा कोठा पार्टनर सँग झै —झगडा भएमा दुबैले े सिङगल कोठाको अतिरिक्त शुल्क तिरेरे सिङगल कोठा लिन सकिनेछ ।
(घ) निम्न भ्रमण आचरणको पुर्ण पालना गर्ने भ्रमण कर्ताको जिम्मेवारी हुनेछ र पालना नगरेको अवस्थामा भ्रमण ब्याबस्थापकले भ्रमणबाट निकाल्न समेत सक्नेछ ।
(ङ) अन्य भ्रमणकर्ता यात्रीसँग झै —झगडा गरेमा ।
(च) लागु पदार्थ वा मादक पदार्थ सेवन गरि होहल्ला गरेमा ।
(छ) भ्रमण सुरु हुने समयमा तोकिएको स्थानमा सवारी साधनमा नपुगी अन्य भ्रमणकर्तालाई लामो समय सम्म –
प्रतिक्षा गराउनु परेमा ।
(ज) राहदानी र आवश्यक कागजपत्र हराएमा ।
(झ) कुनै प्रकारको कसुर वा कुन धोकामा स्थानिय प्रहरी प्रसाशनले नियन्त्रणमा लिएमा ।
(ञ) कुनै प्रकारको कानुन विपरीतको कार्य तथा आचरण गरेमा वा कुनै प्रकार कसुर वाला बेरिएमा वा भ्रमण नियम बमोजिमको आचरण नगरी निष्काशनमा परेमा ।
(ट) लगेज वा हाते ब्यागको तौल वायुसेवाको नियमअनुसार हुनेछ ।बढि तौल लिएर यात्रा गर्ने पाइने छैन ।
(ठ) कोठा खाना र सेवा सम्बधि पुर्व जानकारी लिएर मात्र भ्रमण कार्यक्रम बुक गर्नु पर्ने छ ।
(ढ) कोठा मन नपरे्मा वा खाना मन नपरे्मा स्वयम कोठा लिएर बस्न वा आफुलाई मन पर्ने ठाउमा खाना खान सकिने छ । तर भ्रमण स्थान मध्येबाट छुटै कोठा लिएको वा आफै खाना खाएको भनेर शुल्क फिर्ताको गर्न वा शुल्क फिर्ता सम्बन्धमा कुनै पनि प्रकारको गुनासो वा कानुनी प्रकृयामा जान पाइने छैन ।
(ढ) राहदानी वा कुनै अन्य कागजात हराएमा वा अन्य कुनै पनि कारणले बिचमा भ्रमण रद्द गनु परेमा हवाई टिकट लगायत खाना बस्न, कागजात बुझाउन लाग्ने खर्चहरु स्वयमले ब्यहोरर्नु पर्ने छ । पछि कुनै पनि प्रकारको फिर्ता माग्न पाइने छैन ।
(ड) भ्रमण अवधिमा कुनै पनि प्रकारको स्वास्थमा समस्या आएर भ्रमण गर्न असमर्थ भएमा वा हस्पीटलमा बस्नु परेमा स्वयमले ब्याबस्थापन गनुपर्ने छ ।