यात्रा कोडयात्राको नामसमयसमावेश गरिएका भ्रमण स्थानहरु
FT-०५१टिबेट टुर्स सेवा८ दिनल्हासा,याम्ड्रोक ताल, ग्यात्से, सिगात्से,
रोनबुकगोम्वा,सगरमाथा आधार सिविर,केरुङ र रसुवागढि

यात्रा परिचयः

यो भ्रमण कार्यकम्र काठमाण्डौबाट सुरु भै काठमाण्डौमा नै समाप्त हुने छ । यस भ्रमण कार्यक्रम मा चिनको स्वशासित क्षेत्र टिबेटको राजधानि सुन्दर ल्हासा शहर, याम्ड्रोक ताल, ग्यात्से शहर, सिगात्से शहर सगरमाथा आधार सिविर, केरुङ शहर समावेश गरिएको छ । यस भ्रमण कार्यक्रम मा काठमाण्डौ देखि नेपाल चाइना बोर्डर रसुवागढि सम्म सवारि साधन द्धारा भमण गराइने छ भने नेपाल चाइना बोर्डर पछिको चाइना क्षेत्रमा चाइनिज सवारि साधन बाट यात्रा गरिनेछ । यो भ्रमण कार्यक्रम पनि अति नै महत्वपुर्ण भएकोले आ आफनो अनुकुल समयमा भ्रमण को लागि आफनो सिट सुरक्षित गरि भ्रमण गर्नुहुन गर्नुहुन अनुरोध गरिन्छ ।

भ्रमण कार्यक्रम सम्बधि विवरण

दिनभ्रमण विवरणअनुमानीत दुरिअनुमानीत लाग्ने समय
१.काठमाण्डौबाट स्याब्रबेशी । स्याबु्रबेसिको गष्टहाउसमा बिश्राम । १४० कि.मि करिब ८ घन्टाको यात्रा ।
२.स्याब्रबेशीबाट रसुवागढि बोर्डर सम्म नेपालि सवारि साधनमा यात्रा र नेपाल चाइना बोर्डर पार गरि सकेपछि चाइनिज सवारि साधन द्धारा केरुङ सम्मको यात्रा । केरुङमा तिनतारे होटलमा बिश्राम । ५५ कि.मि करिब २ घन्टाको यात्रा ।
३.केरुङ देखि सिगाल्से सम्मको यात्रा र सिगात्सेमा ३ तारे होटलमा बिश्राम । ५५० कि.मि करिब ७ देखि ८ घण्टाको यात्रा ।
४.विभिन्न गुम्पाहरुको दृश्य अवलोकन र ल्हासा सम्मको यात्रा । ल्हासामा तिनतारे होटलमा बिश्राम । २९० कि.मि करिब ५ देखि ६ घण्टाको यात्रा ।
५.आधा दिन ल्हासाको दृश्य अवलोकन । ल्हासामा तिनतारे होटलमा बिश्राम । ५० कि मि ४ घण्टा
६.ल्हासामा घुमघाम कार्यक्रम । ल्हासामा तिनतारे होटलमा बिश्राम । ५० कि मि ४ घण्टा
७.ल्हासा देखि सिगात्से सम्म बिश्वकै उच्च क्षेत्रमा सञ्चालित रेल सेवा बाट यात्रा । सिगाल्सेमा तिनतारे होटलमा बिश्राम ३५० कि.मि करिब ६ देखि ७ घण्टाको यात्रा ।
८.सिगाल्से देखि रोन्बुक गुम्वा हुदै सगरमाथा आधार सिविरको दृश्य अवलोकन । पोसुड गाउको गेष्टहाउसमा बिश्राम । ३३५ कि.मि ५ देखि ६ घन्टा
९.पोसुड गाउबाट केरुङ सम्मको यात्रा । केरुङको तिनतारे होटलमा बिश्राम ३३५ कि.मि ५ देखि ६ घन्टा
१०.केरुङबाट नेपाल चाइना र्बोडर हुदै काठमाण्डौ सम्मको यात्रा । २५५ कि.मि ८ देखि ९ घन्टा

यात्रामा समावेश सेवाहरु
०१. काठमाण्डौबाट स्याबुबेशी सम्म र स्याबु्रबेशी देखि काठमाण्डौ सम्मको नेपलि सवारि साधन द्धारा यात्रा ।
०२. स्याबु्रबेशीमा खाना र गेष्टहाउसको ब्यावस्था ।
०३, ल्हासामा २ आधा दिनको दृश्यअवलोकन सेवा ।
०४, ल्हासा देखि सिगात्से सम्म बिस्वकै उच्च क्षेत्रमा सञ्चालित रेल सेवा बाट यात्रा ।
०५, सिगात्से देखि रोन्बुक गोम्पा र रोन्बुक गोम्पा देखि सगरमाथा आधार शिबिर को दृश्यअवलोकन सहित केरुङ सम्मको यात्रा ।
०६, सिगात्से र ल्हासा शहरमा ३ तारे होटलमा बसोबास ।
०७, रोनबुक गोम्पा( पोसुड गाउ) मा गेष्टहाउसमा बसोबास ।
०८, सबै स्थानमा बिहानको ब्रेकफास्ट र बेलुकाको खाना ।
०९ बोर्डर देखि ल्हासा सम्म राम्रो सवारि साधन बाट यात्राको ब्यबस्था ।
१० चाइनिज पथ प्रदशक सेवा ।
११ भिसा र परमिट चार्ज ।

यात्रामा समावेश नभएका बुदाहरु ः
१. आबश्यक लताकपडा ।
२. विविध पेय पदार्थहरु ।
३. दृश्यअवलोकनको लागि लाग्ने प्रबेश शुल्क ।
४. माथि उल्लेखित यात्रामा समावेश सेवाहरु बाहेक का अन्य सबै सेवाहरु ।।

श्री कैलाशमानसरोवर यात्रा परिचय,
श्री कैलाश पर्बत र मानसरोवर सबै हिन्दु, बौद्ध,जैन,वोन र सिख धर्मालम्बीहरुको लागि जीबनमा एक पटक पुग्नै पर्ने महत्वपुर्ण र पबित्र तिर्थस्थल हो । बिभिन्न ग्रन्थहरुमा उल्लेख भए बमोजिम श्री कैलास पर्बत साक्षात भगवान शिब र देबि पार्बतीको निवास स्थान मानिन्छ । पृथ्बी लगायत सबै जीबको उत्पती पबित्र कैलाशपर्वतबाट हुने र समाप्ती पनि त्यसै स्थानबाट हुने उल्लेख छ । पबित्र गँगा नदिको उत्पति त्यसै स्थानबाट भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्यसै गरि मानसरोवरको उत्पति श्री ब्रह्माजीबाट सुरु भएको र सबै देबि देबताले स्नान गर्ने पबित्र सरोवरको रुपमा रहेको ब्योहोरा पुराणहरुमा समेत उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरुमा बयान गरे बमोजिम मानसरोवरमा स्नान गरेर कैलाश पर्बतको दर्शन गर्दा मात्र पनि सबै पापहरु नष्ट हुने,मृत्यु पस्चात बैकुण्ठ बास हुने र जीबनमा शुख शान्ती,समृद्धि र प्रगती प्राप्त हुने बर्णन छ ।

फिस्टेल टुर्स एण्ड ट्राभल्स प्रा.लि बि.स २०४७ मा बिधिवत रुपमा पर्यटन मन्त्रालय,अन्तर्गत पर्यटन बिभागबाट इजाजत प्राप्त गरि बर्सेनि हजारौ बिदेशी पर्यटक भित्रयाउदै आएको ब्याहोरा जानकारी गराइन्छ । यस कम्पनीमा हाल स्थायी ६० जना र अस्थायी ४५ जना कर्मचारी कार्यरत रहेका छन । यस कम्पनीले सन २००४ देखि बिभिन्न स्वदेश तथा बिदेशी तिर्थालुहरु लाई कैलाश मानसरोवर यात्रा गराउदै आएको सहर्ष जानकारी गराउदछौ ।

कैलास यात्राको लागि तयारी सम्बन्धी सुझाब ः
क) कैलाश मानसरोवर क्षेत्रमा अक्सिजन को मात्रा काठमाण्डौँमा भन्दा धेरै नै कम हुने हुनाले फोक्सोले अक्सिजन लिन सक्ने गरि क्षमता बढाउनको लागि आवस्यक योग साधनाहरु गर्ने ।
ख) प्राणायम जस्ता विविध योग साधना सहित दैनिक १ घण्टाको उकालो ओरालो पैदल यात्रा गर्ने ।

आवश्यक कपडा सम्बन्धि जानकारी
क) ल्हासा देखि कैलाश मानसरोवर क्षेत्रमा धेरै नै जाडो हुने भएकाले ज्याकेट, स्विटर लगाएत का कपडाहरु ।
ख) दैनिक एक जोर का दरले या आबश्यकता बमोजिम भित्र लगाउने कपडा ।
ग) ३ दिनको १ जोर बराबर बाहिर लाउने टि सर्ट सर्ट , पाइन्ट , टाउजर आदि ।
घ) दिउसोको लागि हल्का स्वेटर वा ज्याकेट ।
ङ) आवश्यक बमोजिम उनिका कपडाहरु ।
च) पानि नछिर्ने जुता ।
छ) चप्पल —१ जोर ।
ज) हाते पन्जा ।
ञ) हात पुछ्र्रने सानो तौलिया र स्नानको लागि तौलिया ।
झ) न्यानो गलबन्दी ।
ट) अन्य सामानहरु आ—आफनो आवश्यकता बमोजिम ।

आवश्यक अन्य सामाग्री सम्बन्धी जानकारी ः
क) दैनिक रुपमा सेवन गरिने औषधीहरु ।
ख) घामबाट बच्नको लागि आवश्यक ५० पि.एच भन्दा माथिको क्रिम ।
ग) चिसोको लागि लोसनहरु ।
घ) टर्च लाइट ब्याट्री सहित
ङ) माक्स ।
च) टिस्सु पेपरहरु (चिसो र साधारण) ।
छ) मल्टिभिटामिन टयाबलेट ।
ज) आवश्यक चकलेट सुकाएका फलफुलहरु ।
ञ) भिक्स ।

फिस्टेल टुर एण्ड ट्राभल्सले उपलब्ध गराउने सामाग्रीहरुः
क. डाउन ज्याकेट ( फिर्ता गर्ने गरि) ।
ख. डफल ब्याग(कपडा र अन्य सामाग्रीको लागि) ।
ग. पन्चो या विन्ड चिटर ।
घ. पछाडी भिर्ने सानो झोला (दैनिकमा प्रयोग हुने सामानको लागि) ।
ङ. लेक नलाग्ने औषधी ) डायमोक्स टयाबलेट )
च. परिक्रमाको लागि लौरी ।

यात्राको लागि आवश्यक कागजपत्रहरु
क. ६ महिना अवधि भएको राहदानी ।
ख पासपोर्ट साइजको २ प्रति फोटो ।
ग. यात्रा बुक गर्ने फर्म
घ. उल्लेख गरिए बमोजिम आवश्यक अग्रिम रकम बुझाएको भुक्तानी रसिद ।

भ्रमण सम्बधि नियमहरुः
१. भ्रमणको लागि कम्तीमा ६ महिना अवधि बाकी रहेको राहदानी पेस गर्नु पर्ने छ ।
२. कुनै पनि भ्रमण बुक गर्नु अगावै भ्रमण सम्बधि नियमहरु पढेर बुझेर मात्र भ्रमण बुक गर्नु पर्ने छ ।

कुनै पनि कारणले भ्रमण रद्द भएमा निम्न बमोजिमको भ्रमण रद्द शुल्क लाग्ने छ ।
(क) ३० दिन अगावै रद्द गरेमा १५५ रद्द शुल्क लाग्ने छ ।
(ख) १५ दिन अगावै रद्द गरेमा २५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ग) ७ दिन अगावै रद्द गरेमा ५०५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(घ) ३ दिन अगावै रद्द गरेमा ७५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ङ) ३ दिन भित्र रद्द गरेमा १००५ रद्द शुल्क लाग्ने छ ।

पुनस्थापन ःहवाई टिकट सम्बधमा सम्बधित वायुसेवाको नियम बमोजिम ।
(क). सिङगल रुम सम्बधित नियम हुनेछ ।
(ख) कुनै पनि यात्रीले सिङगल कोठा लिन चाहेमा वा बाध्तावस कोठाको अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।
(ग) बिरामी भएर अलग बस्नु पर्ने भएमा वा कोठा पार्टनर सँग झै —झगडा भएमा दुबैले े सिङगल कोठाको अतिरिक्त शुल्क तिरेरे सिङगल कोठा लिन सकिनेछ ।
(घ) निम्न भ्रमण आचरणको पुर्ण पालना गर्ने भ्रमण कर्ताको जिम्मेवारी हुनेछ र पालना नगरेको अवस्थामा भ्रमण ब्याबस्थापकले भ्रमणबाट निकाल्न समेत सक्नेछ ।
(ङ) अन्य भ्रमणकर्ता यात्रीसँग झै —झगडा गरेमा ।
(च) लागु पदार्थ वा मादक पदार्थ सेवन गरि होहल्ला गरेमा ।
(छ) भ्रमण सुरु हुने समयमा तोकिएको स्थानमा सवारी साधनमा नपुगी अन्य भ्रमणकर्तालाई लामो समय सम्म –
प्रतिक्षा गराउनु परेमा ।
(ज) राहदानी र आवश्यक कागजपत्र हराएमा ।
(झ) कुनै प्रकारको कसुर वा कुन धोकामा स्थानिय प्रहरी प्रसाशनले नियन्त्रणमा लिएमा ।
(ञ) कुनै प्रकारको कानुन विपरीतको कार्य तथा आचरण गरेमा वा कुनै प्रकार कसुर वाला बेरिएमा वा भ्रमण नियम बमोजिमको आचरण नगरी निष्काशनमा परेमा ।
(ट) लगेज वा हाते ब्यागको तौल वायुसेवाको नियमअनुसार हुनेछ ।बढि तौल लिएर यात्रा गर्ने पाइने छैन ।
(ठ) कोठा खाना र सेवा सम्बधि पुर्व जानकारी लिएर मात्र भ्रमण कार्यक्रम बुक गर्नु पर्ने छ ।
(ढ) कोठा मन नपरे्मा वा खाना मन नपरे्मा स्वयम कोठा लिएर बस्न वा आफुलाई मन पर्ने ठाउमा खाना खान सकिने छ । तर भ्रमण स्थान मध्येबाट छुटै कोठा लिएको वा आफै खाना खाएको भनेर शुल्क फिर्ताको गर्न वा शुल्क फिर्ता सम्बन्धमा कुनै पनि प्रकारको गुनासो वा कानुनी प्रकृयामा जान पाइने छैन ।
(ढ) राहदानी वा कुनै अन्य कागजात हराएमा वा अन्य कुनै पनि कारणले बिचमा भ्रमण रद्द गनु परेमा हवाई टिकट लगायत खाना बस्न, कागजात बुझाउन लाग्ने खर्चहरु स्वयमले ब्यहोरर्नु पर्ने छ । पछि कुनै पनि प्रकारको फिर्ता माग्न पाइने छैन ।
(ड) भ्रमण अवधिमा कुनै पनि प्रकारको स्वास्थमा समस्या आएर भ्रमण गर्न असमर्थ भएमा वा हस्पीटलमा बस्नु परेमा स्वयमले ब्याबस्थापन गनुपर्ने छ ।