यात्रा कोडयात्राको नामसमयपुगिने ठाउहरु
क ००३चाइनाका बिभिन्न शहरहरु, ल्हासा, सगरमाथा आधार सिविर हुदै कैलाश मानसरोवर यात्रा२२ दिनकेरुङ, सागा, मानससरोवर,कैलास पर्बत, सिगात्से, ल्हासा, सगरमाथा आधार सिबिर ।

यात्रा परिचयः
यो यात्रा चिनको राजधानि बेइजिङबाट सुरु भै काठमाण्डौमा समाप्त हुने छ । यस कार्यक्रम अन्तर्गत चाइनाका महत्वपुर्ण बिभिन्न शहरहरुको दृश्यअवलोकन, बिस्वकै उच्च सतहमा सञ्चालित रेल यात्रा बाट ल्हासा सम्मको अबिस्मरणिय यात्रा , ल्हासा शहर, सिगाल्से शहर र सगरमाथा आधार सिविर आदिको दृश्यअवलोकन भ्रमण र पबित्र कैलाश र मानसरोवरको धार्मिक यात्रा समाबेस गरिएको छ । यस कार्यक्रकमा काठमाण्डौ देखि चाइनाको बेइजिङ सम्म र सियान देखि साइनिङ सम्म को हवाइ यात्रा र बेइजिङ देखि साङहाइ र साङहाइ देखि सियान सम्मको रेल यात्रा समेत समाबेश छ । साथै ल्हासा देखि कैलाश मानसरोवर हुदै काठमाण्डौ सम्म समुहकोे साइज बमोजिमको सवारि साधनद्धारा स्थल मार्ग बाट यात्रा गरिनेछ । यो यात्रा पनि अति नै महत्वपुर्ण भएकोले समयमा नै आफनो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।

यात्रा कार्यक्रमका दिनहरुः

क्र सनेपालबाट बेइजिङ जाने दिनल्हासा पुगिने दिनसडक मार्ग बाट काठमाण्डौ फर्कने दिन
महिनाबारगतेबारगतेबारगते
१.बैशाख श्ुाक्रबार बैसाख ७ आइतबारबैसाख ९सनिबार बैसाख २२
२.जेष्ठसनिबार जेठ ५ सोमबारजेठ ७ आइतबारजेठ २०
३.आषाढश्ुाक्रबार असार १४ आइतबारअसार १६ श्ुाक्रबारअसार २१
४.श्रावणबिहिबार श्रावण ३ सनिबारश्रावण ५ सनिबारश्रावण १२
५.भाद्रश्ुाक्रबार श्रावण ३२श्ुाक्रबारश्रावण २ आइतबारभाद्र ९
६.असोजश्ुाक्रबार भाद्र २९ सोमबारभाद्र ३१ सोमबारअसोज ६
७.कार्तिकबिहिबार असोज २४सनिबारअसोज २६ सनिबारकार्तिक ३

यात्रा कार्यक्रम सम्बन्धि बिबरणः

क्र.शकार्यक्रमकि.मिकरिब लाग्ने समय
१.काठमाण्डौ देखि बेइजिङ सम्मको हवाइ यात्रा र बेइजिङ बिमानस्थल देखि होटल सम्मको सवारि सेवा । बेइजिङको होटलमा बिश्राम । ५० किमि १ घण्टा
२.पुरा दिन बेइजिङ शहर वरिपरि का ऐतिहासिक र पुरातात्विक र प्राकृतिक महत्वका क्षेत्रहरुको दृश्यअवलोकन । बेइजिङको होटलमा बिश्राम ।७५ कि मि ६ घण्टा
३.पुरा दिन ग्रेटवाल लगाएत बेइजिङ शहर वरिपरि का ऐतिहासिक र पुरातात्विक र प्राकृतिक महत्वका क्षेत्रहरुको दृश्यअवलोकन । बेइजिङको होटलमा बिश्राम । १०० कि मि ७ घण्टा
४.होटल देखि बेइजिङ रेलवे स्टेशन को सवारि , बेइजिङ देखि सााङहाइ सम्मको रेल यात्रा र सााङहाइ रेलवे स्टेशन देखि होटल सम्मको सवारि सेवा । सााङहाइको होटलमा बिश्राम । २००० कि मि ७ घण्टा
५.पुरा दिन सााङहाइ शहर वरिपरि का ऐतिहासिक र पुरातात्विक र प्राकृतिक महत्वका क्षेत्रहरुको दृश्यअवलोकन । सााङहाइको होटलमा बिश्राम । १०० कि मि ७ घण्टा
६.होटल देखि सााङहाइ रेलवे स्टेशनको सवारि , सााङहाइ देखि सियाङ सम्मको रेल यात्रा र सियाङ रेलवे स्टेशन देखि होटल सम्मको सवारि सेवा । सियाङको होटलमा बिश्राम । १५०० कि मि ६ घण्टा
७.पुरा दिन सियाङ शहर वरिपरि का ऐतिहासिक र पुरातात्विक र प्राकृतिक महत्वका क्षेत्रहरुको दृश्यअवलोकन । सियाङको होटलमा बिश्राम । ७५ कि मि ६ घण्टा
८.होटल देखि सियाङ बिमानस्थल सम्मको सवारि , सियाङ देखि साइनिङ सम्मको हवाइ यात्रा र सियाङ बिमानस्थल देखि होटल सम्मको सवारि सेवा । सियाङ शहर वरिपरि का ऐतिहासिक र पुरातात्विक र प्राकृतिक महत्वका क्षेत्रहरुको दृश्यअवलोकन । साइनिङको होटलमा बिश्राम ।
९.बिहानको समयमा साइडसिन शहर वरिपरि स्व–भ्रमण । दिउसो होटल देखि साइनिङ रेलवे स्टेशन को सवारि र साइनिङ देखि ल्हासा सम्म अबिस्मरणिय बिस्वकै उच्च स्थलको रेल यात्रा ।
१०.ल्हासामा रेलवे स्टेसनबाट होटल सम्मको यातयात सेवा । ल्हासाको होटलमा बिश्राम ।
११.ल्लासामा आधा दिनको दृश्यअवलोकन कार्यक्रम । ल्हासाको होटलमा बिश्राम । करिब ५० कि मि करिब ४ घण्टाको द्दस्यअवलोकन कार्यक्रम
१२.ल्हासामा ब्यतिगत घुमघाम तथा किनमेल । ल्हासाको होटलमा बिश्राम ।
१३.ल्हासा रेलवे स्टेसन सम्मको बस यात्रा र ल्हासा रेलवे स्टेसन देखि सिगात्से रेलवे स्टेसन सम्मको रेल यात्रा । सिगात्से रेलवे स्टेसन देखि होटल सम्मको बस यात्रा र सिगात्सेको होटलमा बिश्राम । या ल्हासा देखि सिगात्से सम्म स्थल मार्गको यात्रा र सिगात्सेको होटलमा बिश्राम । २९० कि.मि ६ घण्टाको बस यात्रा ।
१४.सिगाल्सेदेखि रोनबुक गुम्बा सम्मको बस यात्रा । रोनबुक गुम्बामा बिश्राम । ३३५ कि मि ६ देखि ७ घण्टाको बस यात्रा ।
१५.रोनबुक गुम्बाबाट सगरमाथा आधार सिविर अवलोकन गर्दे सागा सम्मको बस यात्रा । सागाको होटलमा बिश्राम । ३५५ कि मि ६ देखि ७ घण्टाको बस यात्रा ।
१६.सागाबाट मानसरोवर सम्मको यात्रा । मानसरोवरको गेष्टहाउसमा बिश्राम । ४१० कि.मि ७ देखि ८ घन्टा
१७.मानसरोवरबाट दार्चेन सम्मको यात्रा । दार्चेनको होटलमा बिश्राम । ३० कि.मि १ घन्टा
१८.दार्चेन देखि यमद्धार सम्मको स्थलमार्ग यात्रा र त्यस पश्चात दिरापुक सम्म पैदल यात्रा र दिरापुकमा विश्राम । १० कि.मि सवारि साधनबाट र ८ कि मि पैदल यात्रा । ५ देखि ६ घन्टा पैदल यात्रा ।
१९.दिरापुकबाट जुथुलपुक सम्मको पैदल यात्रा । जुथुलपुकको गेष्टहाउसमा बिश्राम । २२ कि.मि ७ देखि ८ घन्टा पैदल यात्रा ।
२०.जुथुलपुकबाट दार्चेन सम्मको पैदल यात्रा र दार्चेन देखि सागा सम्म स्थलमार्ग यात्रा । सागाको होटलमा बिश्राम । १४ कि.मि पैदल यात्रा र ४४० कि मि बसबाट यात्रा । ३ घन्टाको पैदल यात्रा र करिब ८ घण्टाको बस यात्रा ।
२१.सागाबाट केरुङ सम्मको स्थलमार्ग यात्रा र केरुङको होटलमा बिश्रााम । १०५ कि.मि ३ देखि ४ घन्टा
२२.केरुङबाट नेपाल – चाइना बोर्डर सम्म चाइनाको सवारि साधनबाट यात्रा र रसुवागढि बार्डर देखि काठमाण्डौ सम्म नेपालि सवारि साधन द्धारा यात्रा । १८० कि मि ७ देखि ८ घण्टा

यात्रामा समावेश सेवाहरु

०१. काठमाण्डौ देखि बेइजिङ र सियाङ देखि साइनिङ सम्मको हवाइ यात्रा ।
०२. बेइजिङ देखि शाङहाइ , शाङहाइ देखि सियाङ र साइनिङ देखि ल्हासा सम्म बिस्वकै उच्च क्षेत्रमा सञ्चालित
रेल सेवा बाट रेल यात्रा ।
०३, ३ रात बेइजिङ, २ रात शाङहाइ, २ रात साइनिङ र १ रात साइनिङ का ३ तारे होटलमा बिहानको
नास्ता सहितको बिश्राम ।
०४. केरुङ, सागा, र दार्चेनमा २ देखि ३ तारे होटेलमा बस्ने ब्यबस्था ।
०५. मानसरोवर देरापुक र जुथुलपुकमा गेष्टहाउसमा निवासको ब्यबस्था ।
०६, ल्हासा बाट सिगात्से, रोन्बुक गोम्पा , सगरमाथा आधार शिबिर को दृश्यअवलोकन सहित, सागा, मानसरोवर
दार्चेन र दार्चेन देखि बोर्डर सम्म राम्रो चाइनिज सवारि साधन द्धारा यात्रा ।
०७, ल्हासामा आधा दिनको बस बाट दृश्यअवलोकन सेवा ।
०८, सिगात्से र ल्हासा शहरमा ३ तारे होटलमा बिहानको नास्ता सहित को बसोबास सेवा ।
०९, रोनबुक गोम्पा मा २ तारे होटलमा बिहानको नास्ता सहित को बसोबास सेवा ।
१०, सागा पछि सबै स्थानमा ३ पटकको खाना र चिया कफिको ब्यवस्था ।
११ मानसरोवर परिक्रर्मा शुल्क ।
१२ चाइनिज पथ प्रदशक सहित सागा देखि नेपाल चाइना बोर्डर सम्म आवश्यकता अनुसार यात्रा सेवकहरु ।
१३ . आवश्यकता बमोजिम सुरक्षा सम्बन्धी ब्याबस्था ।
१४. भिसा र परमिट चार्ज ।

यात्रामा समावेश नभएका बुदाहरु ः
१. आबश्यक लताकपडा ।
२. विविध पेय पदार्थहरु र बक्सिस हरु ।
३. परिक्रमाको लागि घोडा ।
४. बिरामी परि फर्किनु पर्ने अबस्थामा लाग्ने सबै खर्चहरु जस्तै गाइड सवारी साधन भिसा खर्च आदी ।

श्री कैलाशमानसरोवर यात्रा परिचय,
श्री कैलाश पर्बत र मानसरोवर सबै हिन्दु, बौद्ध,जैन,वोन र सिख धर्मालम्बीहरुको लागि जीबनमा एक पटक पुग्नै पर्ने महत्वपुर्ण र पबित्र तिर्थस्थल हो । बिभिन्न ग्रन्थहरुमा उल्लेख भए बमोजिम श्री कैलास पर्बत साक्षात भगवान शिब र देबि पार्बतीको निवास स्थान मानिन्छ । पृथ्बी लगायत सबै जीबको उत्पती पबित्र कैलाशपर्वतबाट हुने र समाप्ती पनि त्यसै स्थानबाट हुने उल्लेख छ । पबित्र गँगा नदिको उत्पति त्यसै स्थानबाट भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
त्यसै गरि मानसरोवरको उत्पति श्री ब्रह्माजीबाट सुरु भएको र सबै देबि देबताले स्नान गर्ने पबित्र सरोवरको रुपमा रहेको ब्योहोरा पुराणहरुमा समेत उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरुमा बयान गरे बमोजिम मानसरोवरमा स्नान गरेर कैलाश पर्बतको दर्शन गर्दा मात्र पनि सबै पापहरु नष्ट हुने,मृत्यु पस्चात बैकुण्ठ बास हुने र जीबनमा शुख शान्ती,समृद्धि र प्रगती प्राप्त हुने बर्णन छ ।

फिस्टेल टुर्स एण्ड ट्राभल्स प्रा.लि बि.स २०४७ मा बिधिवत रुपमा पर्यटन मन्त्रालय,अन्तर्गत पर्यटन बिभागबाट इजाजत प्राप्त गरि बर्सेनि हजारौ बिदेशी पर्यटक भित्रयाउदै आएको ब्याहोरा जानकारी गराइन्छ । यस कम्पनीमा हाल स्थायी ६० जना र अस्थायी ४५ जना कर्मचारी कार्यरत रहेका छन । यस कम्पनीले सन २००४ देखि बिभिन्न स्वदेश तथा बिदेशी तिर्थालुहरु लाई कैलाश मानसरोवर यात्रा गराउदै आएको सहर्ष जानकारी गराउदछौ ।

कैलास यात्राको लागि तयारी सम्बन्धी सुझाब ः
क) कैलाश मानसरोवर क्षेत्रमा अक्सिजन को मात्रा काठमाण्डौँमा भन्दा धेरै नै कम हुने हुनाले फोक्सोले अक्सिजन लिन सक्ने गरि क्षमता बढाउनको लागि आवस्यक योग साधनाहरु गर्ने ।
ख) प्राणायम जस्ता विविध योग साधना सहित दैनिक १ घण्टाको उकालो ओरालो पैदल यात्रा गर्ने ।

आवश्यक कपडा सम्बन्धि जानकारी
क) ल्हासा देखि कैलाश मानसरोवर क्षेत्रमा धेरै नै जाडो हुने भएकाले ज्याकेट, स्विटर लगाएत का कपडाहरु ।
ख) दैनिक एक जोर का दरले या आबश्यकता बमोजिम भित्र लगाउने कपडा ।
ग) ३ दिनको १ जोर बराबर बाहिर लाउने टि सर्ट सर्ट , पाइन्ट , टाउजर आदि ।
घ) दिउसोको लागि हल्का स्वेटर वा ज्याकेट ।
ङ) आवश्यक बमोजिम उनिका कपडाहरु ।
च) पानि नछिर्ने जुता ।
छ) चप्पल —१ जोर ।
ज) हाते पन्जा ।
ञ) हात पुछ्र्रने सानो तौलिया र स्नानको लागि तौलिया ।
झ) न्यानो गलबन्दी ।
ट) अन्य सामानहरु आ—आफनो आवश्यकता बमोजिम ।

आवश्यक अन्य सामाग्री सम्बन्धी जानकारी ः
क) दैनिक रुपमा सेवन गरिने औषधीहरु ।
ख) घामबाट बच्नको लागि आवश्यक ५० पि.एच भन्दा माथिको क्रिम ।
ग) चिसोको लागि लोसनहरु ।
घ) टर्च लाइट ब्याट्री सहित
ङ) माक्स ।
च) टिस्सु पेपरहरु (चिसो र साधारण) ।
छ) मल्टिभिटामिन टयाबलेट ।
ज) आवश्यक चकलेट सुकाएका फलफुलहरु ।
ञ) भिक्स ।

फिस्टेल टुर एण्ड ट्राभल्सले उपलब्ध गराउने सामाग्रीहरुः
क. डाउन ज्याकेट ( फिर्ता गर्ने गरि) ।
ख. डफल ब्याग(कपडा र अन्य सामाग्रीको लागि) ।
ग. पन्चो या विन्ड चिटर ।
घ. पछाडी भिर्ने सानो झोला (दैनिकमा प्रयोग हुने सामानको लागि) ।
ङ. लेक नलाग्ने औषधी ) डायमोक्स टयाबलेट )
च. परिक्रमाको लागि लौरी ।

यात्राको लागि आवश्यक कागजपत्रहरु
क. ६ महिना अवधि भएको राहदानी ।
ख पासपोर्ट साइजको २ प्रति फोटो ।
ग. यात्रा बुक गर्ने फर्म
घ. उल्लेख गरिए बमोजिम आवश्यक अग्रिम रकम बुझाएको भुक्तानी रसिद ।

भ्रमण सम्बधि नियमहरुः
१. भ्रमणको लागि कम्तीमा ६ महिना अवधि बाकी रहेको राहदानी पेस गर्नु पर्ने छ ।
२. कुनै पनि भ्रमण बुक गर्नु अगावै भ्रमण सम्बधि नियमहरु पढेर बुझेर मात्र भ्रमण बुक गर्नु पर्ने छ ।

कुनै पनि कारणले भ्रमण रद्द भएमा निम्न बमोजिमको भ्रमण रद्द शुल्क लाग्ने छ ।
(क) ३० दिन अगावै रद्द गरेमा १५५ रद्द शुल्क लाग्ने छ ।
(ख) १५ दिन अगावै रद्द गरेमा २५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ग) ७ दिन अगावै रद्द गरेमा ५०५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(घ) ३ दिन अगावै रद्द गरेमा ७५५ रद्द शुल्क तिरेर रद्द गर्ने सकिनेछ ।
(ङ) ३ दिन भित्र रद्द गरेमा १००५ रद्द शुल्क लाग्ने छ ।

पुनस्थापन ःहवाई टिकट सम्बधमा सम्बधित वायुसेवाको नियम बमोजिम ।
(क). सिङगल रुम सम्बधित नियम हुनेछ ।
(ख) कुनै पनि यात्रीले सिङगल कोठा लिन चाहेमा वा बाध्तावस कोठाको अतिरिक्त शुल्क तिर्नु पर्नेछ ।
(ग) बिरामी भएर अलग बस्नु पर्ने भएमा वा कोठा पार्टनर सँग झै —झगडा भएमा दुबैले े सिङगल कोठाको अतिरिक्त शुल्क तिरेरे सिङगल कोठा लिन सकिनेछ ।
(घ) निम्न भ्रमण आचरणको पुर्ण पालना गर्ने भ्रमण कर्ताको जिम्मेवारी हुनेछ र पालना नगरेको अवस्थामा भ्रमण ब्याबस्थापकले भ्रमणबाट निकाल्न समेत सक्नेछ ।
(ङ) अन्य भ्रमणकर्ता यात्रीसँग झै —झगडा गरेमा ।
(च) लागु पदार्थ वा मादक पदार्थ सेवन गरि होहल्ला गरेमा ।
(छ) भ्रमण सुरु हुने समयमा तोकिएको स्थानमा सवारी साधनमा नपुगी अन्य भ्रमणकर्तालाई लामो समय सम्म –
प्रतिक्षा गराउनु परेमा ।
(ज) राहदानी र आवश्यक कागजपत्र हराएमा ।
(झ) कुनै प्रकारको कसुर वा कुन धोकामा स्थानिय प्रहरी प्रसाशनले नियन्त्रणमा लिएमा ।
(ञ) कुनै प्रकारको कानुन विपरीतको कार्य तथा आचरण गरेमा वा कुनै प्रकार कसुर वाला बेरिएमा वा भ्रमण नियम बमोजिमको आचरण नगरी निष्काशनमा परेमा ।
(ट) लगेज वा हाते ब्यागको तौल वायुसेवाको नियमअनुसार हुनेछ ।बढि तौल लिएर यात्रा गर्ने पाइने छैन ।
(ठ) कोठा खाना र सेवा सम्बधि पुर्व जानकारी लिएर मात्र भ्रमण कार्यक्रम बुक गर्नु पर्ने छ ।
(ढ) कोठा मन नपरे्मा वा खाना मन नपरे्मा स्वयम कोठा लिएर बस्न वा आफुलाई मन पर्ने ठाउमा खाना खान सकिने छ । तर भ्रमण स्थान मध्येबाट छुटै कोठा लिएको वा आफै खाना खाएको भनेर शुल्क फिर्ताको गर्न वा शुल्क फिर्ता सम्बन्धमा कुनै पनि प्रकारको गुनासो वा कानुनी प्रकृयामा जान पाइने छैन ।
(ढ) राहदानी वा कुनै अन्य कागजात हराएमा वा अन्य कुनै पनि कारणले बिचमा भ्रमण रद्द गनु परेमा हवाई टिकट लगायत खाना बस्न, कागजात बुझाउन लाग्ने खर्चहरु स्वयमले ब्यहोरर्नु पर्ने छ । पछि कुनै पनि प्रकारको फिर्ता माग्न पाइने छैन ।
(ड) भ्रमण अवधिमा कुनै पनि प्रकारको स्वास्थमा समस्या आएर भ्रमण गर्न असमर्थ भएमा वा हस्पीटलमा बस्नु परेमा स्वयमले ब्याबस्थापन गनुपर्ने छ ।